मध्य नेपालको केन्द्रविन्दु चितवन जिल्लाको भरतपुर नगरपालिका,वडा नं.१२ गोन्द्राङमा अवस्थित यस श्री एसटिई टेक्निकल इन्जिनियरिङ्ग प्रा.लि. (जसलाई यस पछि एसटिइ प्रा.लि. भनिनेछ ।) को स्थापना मिति २०६८ साल मंसिर १६ गते शुक्रबारका दिन नेपाल सरकारको कम्पनी ऐन २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राइभेट कंपनीको रुपमा विधिवत् रुपले स्थापना भएको छ । यस कंपनीको यो रुप भ.न.पा.(२ क्षेत्रपुरमा मिति २०६४ चैत्र महिनाको ६ गते नेपाल सरकारको घरेलु तथा साना उद्योगको कार्यालय, भरतपुर चितवनमा द.नं. ८र२०६४र०६५ अनुसार दर्ताभई क्रियाशिल श्री इलेक्ट्रिक, इलेक्ट्रिकल तथा रेफ्रिजेरेशनको विकसित रुप हो । हिजो हामी एक साझेदारी संस्थाको रुपमा संचालित थियौं भने त्यसबाट हामीले प्राप्त गरेको उत्साहजनक हौसलाले हामीलाई थप उत्प्रेरित बनायो र यसलाई अझ थप विकसित गरी विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरुको संलग्नतामा एक वृहत ढंगबाट यस संथाको रुपमा विकसित गरिएको छ ।यस कंपनीले आगामी दिनमा स्वदेशी तथा विदेशी दक्ष प्राविधिकहरुकोे संलग्नतामा विभिन्न टेक्निकल तथा इन्जिनियरिङ्ग वस्तुहरु उत्पादन,वितरण तथा मर्मत सम्भार गर्ने लक्ष्य लिएको छ । खास गरी नेपाली बजारमा आवश्यक पर्ने डेरी उपकरणहरु जस्तैः स्कुलिङ्ग टैंक, रोड मिल्क टैंक, चिलिङ्ग भ्याट, किचेन साम्रगीहरु, फर्निचर, घरका लागी चाहिने खियारहित स्टील तथा आल्मुनियम झ्याल, ढोकाहरु, विभिन्न औद्योगिक साम्रगीहरु जस्तैः हस्पिटलका फर्निचरहरु, वेड, ह्वील चेयर, ट्रली, रेफ्रिजेरेशन, फार्मेशी सामग्री आदि वस्तुहरु उत्पादन तथा विक्री वितरण गर्नुका साथै विभिन्न विद्यालय एवं इन्ष्टिच्युटबाट प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरुका लागी प्राक्टिकल कक्षा संचालन गर्ने समेत उद्देश्य लिएको छ । This is a go-to destination for beauty and self-care. Read more on its official website designed by WEBSOFT NEPAL